ठोकर्पामा मनाइयो वन दिवश, लगाइयो धुपी र कल्कीका विरुवा

ठोकर्पामा मनाइयो वन दिवश, लगाइयो धुपी र कल्कीका विरुवा

फरक पत्रिका

सोमबार, साउन २७ २०८२

ठोकर्पामा मनाइयो वन दिवश, लगाइयो धुपी र कल्कीका विरुवा

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिका वडानम्बर १ सामुदायिक बन को उद्गम स्थल ठोकर्पामा सामुदायिक वन रास्टिय दिवस २०८२ को अवसर पारेर वृक्षारोपण गरिएको छ ।सुनकोशी गाउपालिका वडा नम्बर १ र सामुदायिक बन समूहहरुको आयोजनामा वृक्षारोपण गरिएको हो ।
स्थानीय जनप्रतिनिधि, सामुदायिक वन उपभोक्ता महासघंका पदाधिकारी, सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, उपभोक्ता, विद्यालयका शिक्षक, विद्यार्थीलगायतले वृक्षारोपण गरेका हुन् ।
डिभिजन वन कार्यालय डाडापाखरका कर्मचारी लगायतको उपस्थितमा ठोकर्पा बाघ भैरब सडक लाइनमा बृक्षारोपण गरिएको हो । पिताम्बर सपकोटाको अध्यक्षता मा वडानम्बर १ का अध्यक्ष कुमार शाहीको प्रमुख आथित्यतामा सामुदायिक बन उपभोक्ता महासङ नेपाल जिल्ला महासघं सिन्धुपाल्चोकका उपाध्यक्ष हरित स्वयंसेवक संयोजक डिभिजन वन कार्यलय सिन्धुपाल्चोकका शारदाप्रसाद चालिसेको विशेष आतिथ्यता रहेको थियो । वृक्षरोपण कार्यक्रममा सब डिभिजन बन कार्यलय डाडापाखरका रेन्जर सन्देश घर्ती मगर, बाघ भैरब माबिका प्र अ हिक्मत केसी, बिन्दा भण्डारी, गौतम भण्डारी वडा सचिब कुल प्रसाद सापकोटा, प्रहरी चौकी ठोकर्पा का इन्चार्ज लगायतले वृक्षारोपण गरी १० औ राष्टिय सामुदायिक बन दिबस मनाए । सामुदायिक बन उद्द्गम स्थल ठोकर्मामा धुपी,कल्की लगायत को बिरुवा रोपण गरि दिबस मनाइएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित