काठमाडौं । नेपाल प्रिमियर लिग एनपिएल को दोस्रो सिजनको अक्सन सकिएको छ। अक्सनमा आदिल अन्सारीलाई आठै टोलीले बोली लगाएका थिए ।
आठ टोलीले २६ खेलाडीका लागि बोली लगाएका छन्। टोलीहरुले अब सूचीबाट बाँकी खेलाडी भित्र्याउने छन्।
अहिलेसम्म ए श्रेणीका चार खेलाडीका लागि अधिकतम मूल्य लागेको छ। आदिल अन्सारी, पवन सर्राफ, देव खनाल र अर्जुन साउद १५(१५ लाख रूपैयाँमा बिक्री भएका छन्। चारै खेलाडीलाई भित्र्याउन एकभन्दा बढी टोलीले चासो देखाएपछि लक्की ड्र गरिएको थियो।
जसमा आदिल अन्सारीलाई भित्र्याउन आठ टोलीले नै बोली लगाएका थिए। काठमाडौं गोर्खाज लक्की ड्रमा सफल हुँदा उनले यो सिजन काठमाडौंबाट एनपिएल खेल्नेछन्।