काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार १४५ वटा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो ।
यस्तै, सोही अवधिमा थप ६ हजार ३५९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप ३२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ७२९ रहेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ रहेको छ ।