पछिल्लो २४ घण्‍टामा ३२ जना कोरोना संकेरमितको मृत्यु, ३ हजार ५४० संक्रमित थपिए

पछिल्लो २४ घण्‍टामा ३२ जना कोरोना संकेरमितको मृत्यु, ३ हजार ५४० संक्रमित थपिए

फरक पत्रिका

आइतबार, माघ १६ २०७८

पछिल्लो २४ घण्‍टामा ३२ जना कोरोना संकेरमितको मृत्यु, ३ हजार ५४० संक्रमित थपिए

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार १४५ वटा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो ।

यस्तै, सोही अवधिमा थप ६ हजार ३५९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप ३२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ७२९ रहेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित