सिन्धुपाल्चोक । बाढी महाशाखाले आज साउन २१ गते बुधबार सिन्धुपाल्चोकसहितका कृही जिल्लामा बाढीको सम्भावना भएको जनाएको छ । सिन्धुपाल्चोकका खहरे खोलाहरु बाढीले उर्लिन सक्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको हो ।
राजधानी काठमाडौँसहित देशका ३५ जिल्लाका खोला र नदीमा आकस्मिक बाढी आउने र त्यसले जोखिम निम्त्याउने सम्भावना रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ। महाशाखाले आज सिन्धुपाल्चोकलाई एल्लो एलर्टमा राखेको छ ।
साथै आज संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, रामेछाप, सोलुखुम्बु, भोजपुर, रसुवा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, रुपन्देही, नवलपरासी(पूर्व, नवलपरासी(पश्चिम, कपिलवस्तु, खोटाङ, अछाम, बझाङ, डडेल्धुरा, डोटी, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहेको बाढी महाशाखाले उल्लेख गरेको छ।
जिल्लाका दृष्टिले आज कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिमको उच्च सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ।
बाढी महाशाखाले उल्लिखित दुई जिल्लालाई रेड अलर्टमा राखेको छ।
आज दाङ, बाँके, बर्दिया, जाजरकोट, डोल्पा, रुकुम(पश्चिम, सल्यान, सुर्खेत, दैलेख र आसपासका जिल्ला भई बहने ससाना नदीको पनि बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना छ।