काठमाडौं । ललितपुरको बालकुमारीमा मिनी ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। शनिबार बिहान साढे ४ बजे ललितपुरको बालकुमारी ट्रकको ठक्करबाट काभ्रेको २४ वर्षीया सुस्मिता भुजेलको मृत्यु भएको हो ।
बालकुमारीस्थित ग्वार्कोबाट कोटेश्वर जाँदै गरेको बा ४ ख २४७७ नम्बरको ट्रकको ठक्करबाट बाटो काट्दै गरेकी उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मिनी ट्रक चालक सिन्धुपाल्चोकको बाह्रबिसेका २२ वर्षीय राजेश मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बि एन्ड बी हस्पिटल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको हो ।