नेपाली महिला फुटबल : इतिहास रच्न कति सम्भव ?

नेपाली महिला फुटबल : इतिहास रच्न कति सम्भव ?

फरक पत्रिका

बिहिबार, असार १९ २०८२

नेपाली महिला फुटबल : इतिहास रच्न कति सम्भव ?

काठमाडौं । अहिले उज्वेकिस्तानमा एएफसी वुम्नस एसिया कप २०२६ अन्तर्गत छनोट खेल भइरहेको छ । समूह ‘एफ’ को छनोटमा नेपालले लगातार दुई खेलमा सानदार जित निकालेको छ। यो समूहमा नेपासँगै श्रीलकां, लाओस र उज्वेकिस्तान छन् ।

पहिलो खेलमा लाओसलाई ९-० गोलले हराएको नेपालले बुधबार श्रीलंकामाथि ८-० गोलको जित निकाल्यो। समूहमा आयोजक उज्वेकिस्तानले पनि दुवै खेलमा जित निकलेको छ। उसले पहिलो खेलमा श्रीलंकालाई १०-० गोलले हराउँदा बुधबार लाओसलाई ७-० गोलले हरायो।

अब नेपालले घरेल टोली उज्वेकिस्तानसँग खेल्नेछ । दुवै टोलीको समान अंक र गोल अन्तर पनि समान भएकाले यो खेललाई दुवै टोलीले महत्वपूर्ण रुमा हेरेको छ । यो खेलको बिजेता समूह विजेता हुनेछ । एसिएन गेम खेल्नका लागि समूह बिजेता हुनुपर्ने भएकाले दुवै जितको खोजीमा हुनेछ ।

यतिबेला नेपाली महिला फुटबल टोली इतिहास नजिक छ। एएफसी वुमन्स कपमा पहिलो पटक पुग्नका लागि नेपाली महिला टोली अब एक जितमात्र टाढा छ।

तर त्यो एक जित नेपालका लागि सहज भने छैन। किनकी यसअघि दर्जन अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा पुगेर पनि उपाधि भने जित्न नसकेको खराब इतिहास पनि नेपालसामू छ। उसो त नेपालले अहिलेसम्म उज्वेकिस्तानलाई हराउन सकेको छैन । नेपाल यतिबेला दोहोरो इतिहास रच्ने संघारमा छ ।

खेल बराबरीमा सकिएमा खेल पेनाल्टीमा पुग्ने एएफसीको नियम छ। किनभने हेड टु हेड, गोल अन्तर र धेरै गोल गरेको अवस्था सबैमा नेपाल र उज्वेकिस्तान बराबरीमा छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित