सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष श्रेष्ठ महासंघको कार्यकारिणी सदस्यमा मनोनित

सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष श्रेष्ठ महासंघको कार्यकारिणी सदस्यमा मनोनित

फरक पत्रिका

सोमबार, असार १६ २०८२

सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष श्रेष्ठ महासंघको कार्यकारिणी सदस्यमा मनोनित

काठमाडौं । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कमलकुमार श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा मनोनित भएका छन् ।
उनीसहित राजकुमार न्यौपाने र सरस्वती राईलाई मनोनित गरिएको हो । श्रेष्ठ महासंघका पूर्व केन्द्रीय कार्यकारिणी सदस्यसमेत हुन् ।

न्यौपाने महासंघका पूर्व केन्द्रीय कार्यकारिणी सदस्य तथा मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा राई नेपाल हर्ब्स एण्ड हर्बल उत्पादक संघका अध्यक्ष एवं महासंघको महिला उद्यमी विकास समितिका उपसभापति छन् ।

तिनै नै जनालाई महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको विधानको दफा २९ को उपदफा २९।२ को खण्ड (च) १० अनुसार कार्यकारणी समितिमा मनोनयन गरेका छन् । अध्यक्ष ढकालले मनोनित तीनै जना सदस्यहरुबाट महासंघको गतिविधीलाई प्रभावकारी बनाउन सहयोग प्राप्त हुने विश्वास गरेको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित