मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले सन्देशमुलक टिकटक प्रतियोगिताको आयोजना गरेको छ । अनिवार्य तथा निःशुल्क शिक्षा प्रवद्र्धनका लागि नगरपालिकाले टिकटक प्रतियोगिता राखेको हो ।
जनचेतना तथा सन्देशमूलक टिकटक प्रतियोगितामा नगरपालिकामा वसोवास गर्ने सम्पूर्ण कलाकार, स्थानीय वासिन्दा जुनसुकै पेशा व्यवसायमा संलग्न व्यक्तिहरुले सहभागिता जनाउन सक्ने नगरपालिकाले जनाएको छ ।
छ प्रतियोगिताका शर्तहरूः
१. निर्माण गरिने टिकटक भिडियो अनिवार्य तथा निशुल्क शिक्षा कार्यक्रमलाई प्रवद्र्धन गर्ने खालको हुनुपर्नेछ ।
२. भिडियो मौलिक एवं निर्माताको सिर्जनात्मकता झल्किने गीत, संवाद, नाटक वा वाचन भएको कम्तीमा ३० सेकेन्ड र वढीमा ३ मिनेट सम्मको हुनुपर्नेछ ।
३. निर्मित टिकटक यस कार्यालयको email edumelamchimun@gmail.com मा यो सूचना प्रकाशित मितिले सात दिनभित्र पठाउनुपर्नेछ ।
४. प्राप्त भएका टिकटक / भिडियोहरुको मूल्यांकन नगरपालिकाले गठन गरेको मुल्यांकन समूहवाट टिकटकको हाउभाउ, भेषभुषा र सन्देशको विषयवस्तुका आधारमा गरिनेछ ।
५. उत्कृष्ट हुने ३ वटा सन्देशमूलक टिकटक भिडियोलाई नगरपालिकावाट नगद पुरस्कार क्रमशः १० हजार, ८ हजार, ५ हजार सहित प्रमाणपत्र प्रदान गरिनेछ । पुरस्कृत उत्कृष्ट भिडियोहरु नगरपालिकामा रही त्यस्ता सन्देशहरु नगरपालिकाले प्रयोग गर्नछक्नेछ ।