मेलम्ची । सिन्धुपाल्चोककको मेलम्ची नगरपालिकामा आगामी वर्षको नीति तथा कार्यक्रम निर्माणका लागि सुझाव संकलन गरिएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट नीति तथा कार्यक्रम निर्माणका लागि सुझाव संकलन गरिएको हो ।
आईतबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले सुझाव संकलन गरेको थियो । कार्यक्रममा पूर्व कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेर बहादुर तामाङले पालिकाको बजेट पुरै कार्यान्वय गराउनमा जोड दिए । उनले नगरले गर्ने काम नतिजामूलक हुनुपर्ने बताए । कम्तीमा एउटा वडाको मुल बाटो १२ महिनै चल्ने बनाउन सकेमा प्रभावकारी हुने उनको धारणा रहेको थियो । विपदको तयरीमा जुट्नुपर्ने सुझाव दिदैं उनले रैथाले बालिको संरक्षण गरी हाट बजार सञ्चालनका लागि पालिकाले पहल गर्नुपर्ने बताए ।
पुर्व नगर प्रमुख डम्बरबहादुर अर्यालले योजना कार्यान्वयनमा ढिलाई हुनेगरेको बताए । मेलम्ची प्राथमिक अस्पतालमो एक्स–रे मेसिन नचल्नु दुखद भएको बताउँदै नगर अस्पताल सदुपयोग नभएकोमा उनले चिन्ता व्यक्त गरे ।
पुर्व उपप्रमुख भगवती नेपालले कृषिमा उत्पादनमा आधारित अनुदान दिनुपर्नेमा जोड दिइन् । पैदलमार्ग, होमस्टेको कुरालाई निरन्तरता दिनुपर्ने उनको सुझाव थियो । एकघर एक धारा खानेपानीलाई व्यवस्थित गर्नु र नसर्ने रोग कम गर्नको लागि नगरले ध्यान दिनुपर्ने उनले सुनाइन् ।
नगरप्रमुखका प्रत्यासी तथा राजनितीज्ञ बालकृष्ण देउजाले नगरपालिकाले सुशासनको क्षेत्रमा उल्लेख्य भुमिका निर्वाह गरेको बताए । अधुरा कामहरूलाई पूरा गर्दै पर्यटकिय हव बनाउनको लागि धौले र गुफाडाँडामा संरचना निर्माणमा तदारुकता दिनुपर्ने उनको भनाइ थियो ।
नेपाल शिक्षक महासंघ सिन्धुपाल्चोक अध्यक्ष कुमार प्रसाद खतिवडाले मेलम्ची नगरपालिकाका दलहरूले मेलम्ची नगरपालिका समृद्व बनाउने भिजन बनाउनुपर्नेमा जोड दिए।
नेपाली कांग्रेस प्रतिनिधि कुमार चौलागाईले कार्यान्वयन हुन नसक्ने र पछि रकमान्तर गर्नपर्ने योजना नबनाउन सुझाव दिदैं शिक्षा क्षेत्रमा बजेट पर्याप्त राखि शैक्षिक गुणस्तर बृद्धि गर्नुपर्ने बताए ।
नेकपा एमाले मेलम्ची नगर कमिटी अध्यक्ष उपेन्द्र तामाङले मेलम्चीलाई पर्यटकको हब बनाउन सबैले छलफल गरी अघि बढ्नुपर्नेमा जोड दिए ।
नेकपा माओवादी केन्द्रका प्रतिनिधि ज्ञान प्रसाद सापकोटाले आवस्यकताको आधारमा बजेट विनियोजन हुनुपर्नेमा जोड दिए । राष्ट्रीय स्वतन्त्र पार्टी मेलम्ची नगर सभापति गोकुल प्रसाद ढकालले कृषि क्षेत्रलाई प्राथमिकता साथ बजेट व्यावस्थापन गर्दै बजारीकरणमा समन्वय गर्न पालिकालाई आग्रह गरे ।
नीति तथा कार्यक्रमको समापन गर्दै नगर प्रमुख आइतमान तामाङले जनताले भनेका सबै काम पूरा गर्न नसके पनि यति काम चै गर्याे भन्ने बनाउने बताए ।
्कोदोको रक्सीलाई ब्रान्डिङ गर्न पालिकाले यस बर्षको नीति तथा कार्यक्रममा राखेर जाने बताए । कृषिमा रैथाने बालिको हाटबजार राख्ने निर्णय भईसकेको सुनाए ।