लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माण सुरु

लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माण सुरु

फरक पत्रिका

बुधबार, मंसिर १० २०८३

लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माण सुरु

सिन्धुपाल्चोक । एमसीए–नेपालले लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माण सुरु गरेको छ । सिन्धुपाल्चोकबाट मंसिर ८ गतेदेखि निर्माण थालिएको उक्त प्रसारण लाइन पाँच जिल्लामा विस्तार हुनेछ ।

एमसीए–नेपालका अनुसार ११७ किलोमिटर लामो यो प्रसारण लाइनअन्तर्गत ३०३ वटा टावर निर्माण गरिनेछ । प्रसारण लाइन काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ र मकवानपुर जिल्लामा फैलिनेछ ।

एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण भइरहेको विद्युत् प्रसारण आयोजनाको कुल लम्बाइ ३१५ किलोमिटर छ । लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा खण्ड त्यसैको एक हिस्सा हो । यो खण्ड ४०० केभी क्षमताको दोहोरो सर्किटयुक्त प्रसारण लाइन हुनेछ । प्रसारण लाइन निर्माण सम्पन्न भएपछि मुलुकको विद्युत् प्रसारण सञ्जाल थप सुदृढ हुने अपेक्षा गरिएको छ । यसले देशभित्र उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण ग्रिडमा जोड्न सहयोग पुग्नेछ । साथै, नेपालको ऊर्जा सुरक्षालाई थप बलियो बनाउने एमसीए–नेपालको विश्वास छ ।

नेपालको विद्युत् उत्पादन क्षमता विस्तार हुँदै गएको अवस्थामा उत्पादित विद्युत् प्रसारण तथा वितरणका लागि उच्च क्षमताका पूर्वाधार आवश्यक छन् । प्रस्तावित प्रसारण लाइनले विद्युत् प्रवाहको क्षमता विस्तार र राष्ट्रिय ग्रिडको सुदृढीकरणमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित