डलर देखाएर ठगी गरेका सिन्धुपाल्चोकका तामाङमाथि चारवटा मुद्दा

डलर देखाएर ठगी गरेका सिन्धुपाल्चोकका तामाङमाथि चारवटा मुद्दा

फरक पत्रिका

बुधबार, जेष्ठ २९ २०८२

डलर देखाएर ठगी गरेका सिन्धुपाल्चोकका तामाङमाथि चारवटा मुद्दा

काठमाडौं । डलर देखाएर ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले नक्कली डलर देखाएर ठगी गरेको आरोपमा सिन्धुपाल्चोक बाह्रबिसे नपा ३ का धनबहादुर तामाङलाई पक्राउ गरेको हो ।

उनले काठमाडौंको गोकर्णेश्वर, जोरपाटी लगायतका विभिन्न ठाँउमा नक्कली डलर देखाएर ठगी गरेको प्रहरीको भनाइ छ । ठगी गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । उनी हाल जिल्ला काठमाडौंको गोकर्णेश्वर नपा ५ जोरपाटी बस्दै आएका छन् । तामाङलाई प्रहरीले काठमाडौंको बूढानीलकण्ठ नपा–११ कपनबाट पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङले डलर देखाई ठगी गरेको कसुरमा अन्य प्रहरी कार्यालयबाट समेत चारवटा मुद्दामा पक्राउ परेको अभिलेखबाट देखिन आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित