आइपीएल : जितको खुशी मनाउँदा भागदौड, कम्तीमा १० जनाको मृत्यु

आइपीएल : जितको खुशी मनाउँदा भागदौड, कम्तीमा १० जनाको मृत्यु

फरक पत्रिका

बुधबार, जेष्ठ २२ २०८२

आइपीएल : जितको खुशी मनाउँदा भागदौड, कम्तीमा १० जनाको मृत्यु

काठमाडौं । रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)ले इन्डियन प्रिमियर लिग (आइपीएल)को उपाधि जितेसँगै खुशीयाली मनाउँदा भागदौड हुँदा कम्तीमा दस जनाको मृत्यु भएको छ ।बेङ्गलुरुको चिन्नास्वामी स्टेडियमबाहिर भागदौड मच्चिँदा कम्तीमा दशजनाको मृत्यु भएको र थुप्रै घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

गएराति पञ्जाबलाई ६ रनले. हराउँदै आरसीबी आइपीएलको विजेता बनेको थियो । १८ वर्षको लामो यात्रामा तीन पटकको फाइनल निराशापछि गएराति रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) आईपीएल विजेता बनेका हो । सोही जितको खुसीयाली मनाउन रंगशालामा हजारौं समर्थक जम्मा भएका बेला भागदौड मच्चिएको थियो । सोही क्रममा कम्तीमा १० जनाको मृत्यु भएको जनाइएको छ ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरिरहेका तस्वीर सार्वजनिक भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित