काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को उपाधि रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा पञ्जाब किंग्सलाई ६ रनले हराउँदै आरसिबीले आइपिएल उपाधि जितेको हो ।
नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदावादमा मंगलबार भएको फाइनल खेलमा पञ्जाबलाई ६ रनले पराजित गर्दै आरसिबीले १८ वर्षको लिग इतिहासमा पहिलो पटक उपाधि जितेको हो।
१ सय ९१ रनको लक्ष्य पछ्याएको पञ्जाब निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रन मात्र बनाउन सक्यो।