जेठ १९ बाट सिन्धुपाल्चोकबाट काठमाडौं चल्ने पूर्व अरनिकोका सवारी साधन बन्द

जेठ १९ बाट सिन्धुपाल्चोकबाट काठमाडौं चल्ने पूर्व अरनिकोका सवारी साधन बन्द

फरक पत्रिका

आइतबार, जेष्ठ १९ २०८२

जेठ १९ बाट सिन्धुपाल्चोकबाट काठमाडौं चल्ने पूर्व अरनिकोका सवारी साधन बन्द

सिन्धुपाल्चोक । जेठ १९ गतेबाट सिन्धुपाल्चोकबाट सञ्चालित पूर्व अरनिको प्रा.लिमा आवद्ध सवारीसाधनको सेवा अनिश्चितकालीनका लागि बन्द हुने भएको छ । कम्पनीका सहायक कार्यालय प्रमुख चमन गुरुङद्वारा हस्ताक्षरित सूचनामा उल्लेख भएअनुसार सम्पूर्ण सवारी साधनको क्यू स्थगित गरिएको हो ।

यस प्रालिका सवारी साधन चौतारा, काठमाडौं र मेलम्चीबाट छुट्ने गरेका छन् । अहिले नेपालभरका सार्वजनिक यातायात व्यवसायी संघ स)गठनले यातायात सम्बन्धी समस्या समाधानका लागि दबाबमूलक आन्दोलन गरिरहेका छन् । सोही आन्दोलनलाई समर्थन जनाउँदै पूर्व अरनिको यातायात प्रालिले पनि सवारी साधनको क्यू स्थगित गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित