सिन्धुपाल्चोक इन्द्रावतीका मिङ्माको साथबाट प्रहरीले लागूऔषध भेटेपछि…

सिन्धुपाल्चोक इन्द्रावतीका मिङ्माको साथबाट प्रहरीले लागूऔषध भेटेपछि…

फरक पत्रिका

शनिबार, जेष्ठ १८ २०८२

सिन्धुपाल्चोक इन्द्रावतीका मिङ्माको साथबाट प्रहरीले लागूऔषध भेटेपछि…

काठमाडौं । विभिन्न लागूऔषधसहित प्रहरीले सिन्धुपाल्चोकका एक युवालाई पक्राउ गरेको छ ।

प्रहरीकाअनुसार पक्राउ पर्नेमा सिन्ध्ुपाल्चोक इन्द्रावती गाउँपालिका १ घर भएका २५ वर्षीय मिङ्मा बम्जन रेबा छन् । उनको साथबाट नियन्त्रित लागूऔषध फेनारगन ५२ एम्पुल, नोर्फिन ५२ एम्पुल, डाईजेपाम ३४ एम्पुल र नगद ११ हजार रूपैयाँ फेला परेको थियो । उनी
गोकर्णेश्वर नगरपालिका(५ नयाँबस्तीमा बसोबास गर्ने गरेको प्रहरीले जनाएको छ ।

शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको थियो । प्रहरी बिट नयाँबस्तीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित