९ औँ एसिया गोजुरियो कराते प्रतियोगिता : श्रीलंकामा मेलम्चीकी करिनाले जितिन् स्वर्ण

९ औँ एसिया गोजुरियो कराते प्रतियोगिता : श्रीलंकामा मेलम्चीकी करिनाले जितिन् स्वर्ण

फरक पत्रिका

सोमबार, जेष्ठ १३ २०८२

९ औँ एसिया गोजुरियो कराते प्रतियोगिता : श्रीलंकामा मेलम्चीकी करिनाले जितिन् स्वर्ण

काठमाडौं । श्रीलंकाको कोलम्बोमा सम्पन्न ९औँ एसिया गोजुरियो कराते प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै तीन स्वर्णपदक जितेको छ । २०२५ मे २४ र २५ मा भएको प्रतियोगितामा सिन्धु चेली करिना पुरीसहितका तीन प्रतियोगीले स्वर्ण पदक हात पारे ।

स्वर्ण पदक हात पार्नेहरुमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ज्यामिरेकी करिना पुरीसहित नेपालको प्रतिनिधित्व गर्दे गएका एरिक महर्जन र मनिषा रानाभाट रहेका छन् । करिनाले सिनियर कुमुते ५५ केजी तौल समूहमा स्वर्ण जितिन् भने मनिषा रानाभाटले ६१ केजीभन्दा माथिको तौल समूहमा स्वर्ण पदक जितेकी छन् । त्यस्तै एरिकले सिनियर व्यक्तिगत काता विधामा स्वर्ण पदक जिते ।
करिनाले श्रीलंकमा पुगेर रेफ्रीको परीक्षासमेत पास गरेकी छन् । उनीसँगै मनिषा रानाभाट, तिलु राना, सन्दीप थापा र मान बहादुर भर्तालले पनि सो परीक्षा पास गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित