तोप २१ नगरकप राष्ट्रिय भलिबल : गण्डकीलाई सोझो सेटमा हराउँदै पुलिस बन्यो च्याम्पियन

तोप २१ नगरकप राष्ट्रिय भलिबल : गण्डकीलाई सोझो सेटमा हराउँदै पुलिस बन्यो च्याम्पियन

फरक पत्रिका

बुधबार, चैत्र १९ २०८१

तोप २१ नगरकप राष्ट्रिय भलिबल : गण्डकीलाई सोझो सेटमा हराउँदै पुलिस बन्यो च्याम्पियन

चौतारा । चौथो तोप – २१ प्रथम चौतारा साँगाचोकगढी नगर कप खुला राष्ट्रिय क्लब स्तरीय भलिबल प्रतियोगिता २०८१ को उपाधि नेपाल पुलिस क्लबले जितेको छ । आज भएको फाइनल खेल गण्डकी प्रदेश भलिबल संघलाई सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस क्लब च्याम्पियन बनेको हो ।

चाैतारा मिनी रंगशालामा आज भएको खेलमा पुलिसले गण्डकीलाई ३-० ले हराएको हो । सेमिफाइनलमा गण्डकीले काेशीलाई र पुलिसले एपीएफलाई हराउँदै उपाधि भिडन्त गरेका थिए ।
च्याम्पियन पुलिसले ३ लाख नगद हात पार्याे । उपविजेता गण्डकीले १ लाख पचास हजारमै चित्त बुझायो । एपीएफलाई साेझाे सेटमा हराउँदै तेस्राे बनेकाे काेशीले नगद ७५ हजार पायाे ।
नेपाल भलिवलसंघ,जिल्ला भलिबल संघ सिन्धुपाल्चोक तथा जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकको प्राविधिक सहयोग तथा समन्वयमा प्रतियोगिता भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित