तोप २१ नगरकप राष्ट्रिय भलिबल : उपाधिका लागि गण्डकी र पुलिस भिड्ने

तोप २१ नगरकप राष्ट्रिय भलिबल : उपाधिका लागि गण्डकी र पुलिस भिड्ने

फरक पत्रिका

मंगलबार, चैत्र १८ २०८१

तोप २१ नगरकप राष्ट्रिय भलिबल : उपाधिका लागि गण्डकी र पुलिस भिड्ने

चौतारा : नेपाल पुलिस क्लब र गण्डकी प्रदेश चौथो तोप-२१ चौतारा सांगाचोकगढी नगरकप भलिबल प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र गण्डकी प्रदेश भिड्ने भएका छन् ।
चाैतारा मिनी रंगशालामा आज भएको पहिलो सेमिफाइनलमा २५–२० र २५–१६ ले लगातार दुई सेट आफ्नो पक्षमा पारेको पुलिस तेस्रो सेटमा लय गुमाउँदा एपीएफले २७ –२५ ले खेल आफ्नो पक्षमा पारेको थियो । चौथो सेटमा पुनरागमन गरेको पुलिसले २५–१४ ले खेल आफ्नो पक्षमा पार्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

त्यस्तै आज भएको प्रतिस्पर्धात्मक दोस्राे सेमिफाइनलमा कोशी प्रदेशलाई ३–२ सेटमा हराउँदै गण्डकी फाइनल प्रवेश गरेकाे छ ।
प्रतिस्पर्धात्मक खेलमा २६–२४ ले पहिलो सेट गुमाएको गण्डकीले उत्कृष्ठ पुनरागमन गर्दै दोस्रो र तेस्रो सेट २५–२३ र २७–२५ ले आफ्नो पक्षमा पारेको थियो । चौथो सेट पुनः कोशीले २५–१६ को फराकिलो अन्तरले जितेपछि दवाबमा परेको गण्डकीले निर्णायक सेट १५–१० ले आफ्नो पक्षमा पार्दै फाइनलको यात्रा तय गरेको हो ।
अन्तिम सेटमा ८–४ को अवस्थामा मैदान परिवर्तान गर्नुपर्दा निराश बनेको कर्णालीले उत्कृष्ठ पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेको हो ।

गण्डकीसँग हारेको कोशी र पुलिससँग हारेको एपीएफ अब तेस्रो स्थानका लागि खेल्नेछन् ।
चैत १५ बाट सिन्धुपाल्चोकको चौतारामा तीन लाख पुरस्कार राशीको प्रतियोगिता ६ दिनसम्म चल्नेछ । सात टिम सहभागी भएको खेलको उद्घाटन सिन्धुपाल्चोक प्रतिनिधिसभा १ का सांसद माधव सापकोटाले गरेका थिए ।
प्रतियोगिताको आयोजना तोप–११ चौतारा गरेको हो । यो प्रथम चौतारा साँगाचोकगढी नगर कप राष्ट्रिय खुल्ला क्लब स्तरीय भलिवल प्रतियोगिता हो । प्रथम हुने टोलीले नगद तीन लाख रुपैयाँ सहित ट्रफि र मेडल पुरस्कार पाउनेछ ।  दोस्राे हुनेले एक लाख पचास हजार तथा तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ पाउनेछ ।

उत्कृष्ठ खेलाडीलाई २० हजार,उत्कृष्ठ स्पाइकरले १० हजार,उत्कृष्ठ सटरले १० हजार,उत्कृष्ठ ब्लकरलाई १० हजार तथा उत्कृष्ठ लिब्रोले १० हजार पाउने आयोजकले जनाएको छ । नेपाल भलिवलसंघ,जिल्ला भलिबल संघ सिन्धुपाल्चोक तथा जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकको प्राविधिक सहयोग तथा समन्वयमा प्रतियोगिता हुन सुरू भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित