चौतारामा तीन लाख पुरस्कार राशीको राष्ट्रिय भलिबल : आर्मीलाई हराउँदै पुलिसको विजयी सुरूवात

चौतारामा तीन लाख पुरस्कार राशीको राष्ट्रिय भलिबल : आर्मीलाई हराउँदै पुलिसको विजयी सुरूवात

फरक पत्रिका

शुक्रबार, चैत्र १४ २०८१

चौतारामा तीन लाख पुरस्कार राशीको राष्ट्रिय भलिबल : आर्मीलाई हराउँदै पुलिसको विजयी सुरूवात

चौतारा । सिन्धुपाल्चोकको चौतारास्थित मिनी रंगशालामा शुक्रबारदेखि सुरू भएको खुला पुरूष राष्ट्रिय भलिबल प्रतियोगिताको पहिलाे खेलमा नेपाल पुलिस क्लबले विजयी सुरूवात गरेको छ । उद्घाटन खेलमा चिरपरिचित प्रतिद्वन्दी त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा हराउँदै प्रतियोगितामा पुलिसले जित सुरु गरेको हो ।

खेलको पहिलाे सेट पुलिसले आफ्नो पक्षमा पारेको थियाे ।चौथो तोप -२१ तथा प्रथम चौतारा साँगाचोकगढि नगर कप खुला राष्ट्रिय क्लब भलिबल प्रतियोगिता सिन्धुपाल्चोक २०८१को पहिलो खेलको दोस्रो सेटमा आर्मी लयमा फर्किए पनि तेस्राे र चौैंथो सेट गुमाएपछि पुलिसले जित निकालेको हो ।
चैत १५ बाट सिन्धुपाल्चोकको चौतारामा तीन लाख पुरस्कार राशीको प्रतियोगिता ६ दिनसम्म चल्नेछ । सात टिम सहभागी भएको खेलको उद्घाटन सिन्धुपाल्चोक प्रतिनिधिसभा १ का सांसद माधव सापकोटाले गरेका थिए ।
प्रतियोगिताको आयोजना तोप–११ चौतारा गरेको हो । यो प्रथम चौतारा साँगाचोकगढी नगर कप राष्ट्रिय खुल्ला क्लब स्तरीय भलिवल प्रतियोगिता हो । प्रथम हुने टोलीले नगद तीन लाख रुपैयाँ सहित ट्रफि र मेडल पुरस्कार पाउनेछ ।  दोस्राे हुनेले एक लाख पचास हजार तथा तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ पाउनेछ ।

उत्कृष्ठ खेलाडीलाई २० हजार,उत्कृष्ठ स्पाइकरले १० हजार,उत्कृष्ठ सटरले १० हजार,उत्कृष्ठ ब्लकरलाई १० हजार तथा उत्कृष्ठ लिब्रोले १० हजार पाउने आयोजकले जनाएको छ । नेपाल भलिवलसंघ,जिल्ला भलिबल संघ सिन्धुपाल्चोक तथा जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकको प्राविधिक सहयोग तथा समन्वयमा प्रतियोगिता हुन सुरू भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित