सिन्धुपाल्चोक । पाँचपोखरी कप जिल्ला स्तरीय फुटबल प्रतियोगिता २०८१को उपाधि चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्नो पोल्टामा पारेको छ । प्रतिष्पर्धात्मक फाइनल खेलमा सुनकोशी गाउँपालिकालाई हराउँदै चौताराले उपाधि हात पारेको हो ।
निर्धारित समयमा बराबरी भएपछि खेल ट्राइबेकरसम्म धकेलिएको थियो । ट्राईबेकरमा चौताराका गोलकिपर विकास काफ्ले नायक बन्दा उपाधि हात परेको हो ।
उपाधि चुमेसंगै चौताराले नगद एक लाख रूपैयाँ हात पार्याे । उपविजेता सुनकोसीले ५० हजारमै चित्त बुझायो ।
प्रतियोगिता पाँचपोखरी गाउँपालिका खेलकुद विकास समितिले आयोजना गरेको हो ।
खेल चौतारा साँगाचोकगढी नगरपालिका र सुनकोशी गाउँपालिका बिच समता मैदानमा भएको थियो।सोमबार भएको पहिलो सेमिफाइनलमा आयोजक पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई २–० गोल अन्तरल पराजित गर्दै चौतारा साँगाचोकगढी नगरपालिका फाइनल प्रवेश गरेको थियो भने इन्द्रावती गाउँपालिकालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सुनकोशीले चौतारासँगको फाइन भेट पक्का गरेको थियो ।