सिन्धुपाल्चोकमा । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता हुने भएको छ । आगामी फागुन १८ बाट प्रतियोगिता हुने भएको हो ।
चौतारा टुुँडिखेलमा हुने प्रतियोगिता तीन दिनसम्म चल्नेछ । जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकको बसेको बैठकले सो निर्णय गरेको अध्यक्ष रामकृष्ण दंगालले बताए ।
उक्त प्रतियोगितामा सिन्धुपाल्चोक जिल्ला स्थित १२ स्थानीय तहका विद्यार्थी खेलाडिहरुको सहभागिता रहने छ । पालिकास्तरीय रनिङ शील्डमा पदक बिजेताहरूले यो प्रतियोगितामा सहभागिता जनाउनेछन् ।