सिन्धुपाल्चोकमा १० हजार पाँचसय किशोरीलाई एचपिभी खोप दिइने, अभियान मंगलबारबाट भयो सुरू

सिन्धुपाल्चोकमा १० हजार पाँचसय किशोरीलाई एचपिभी खोप दिइने, अभियान मंगलबारबाट भयो सुरू

फरक पत्रिका

मंगलबार, माघ २२ २०८१

सिन्धुपाल्चोकमा १० हजार पाँचसय किशोरीलाई एचपिभी खोप दिइने, अभियान मंगलबारबाट भयो सुरू

सिन्धुपाल्चोक। सिन्धुपाल्चोक जिल्लाभर पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सुरु भएको छ । करिब १० हजार ५ सय लाई खाेप दिइने लक्ष्यका साथ मंगलबार सदरमुकाम चौतारास्थित वनदेवी माविबाट खोप अभियानको शुभारम्भ गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुखसमेत रहेका खोप समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा र प्रमुख जिल्ला अधिकारी किरण थापाले वनदेवी खोप केन्द्रमा खटिएका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेर संयुक्त रुपमा अभियान सुरु गरे

जनस्वास्थ्य कार्यालयका अनुसार ६–१० कक्षामा अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १०–१४ वर्ष उमेर समूहका किशोरीलाई खोप दिइने छ । माघ २९ गतेसम्म साता चल्ने अभियानमा १० हजार ४ सयभन्दा बढी किशोरीलाई खोप दिने लक्ष्य रहेको प्रमुख जनस्वास्थ्य अधिकृत दुर्गा बजगाईँले जानकारी दिइन् ।

जिल्लाका १२ वटै तहमा एकसाथ अभियान सुरु गरिएको हाे । अभियानको लागि २ सय दुई विद्यालयलाई खोप केन्द्र बनाइएको छ । ४ सय चार खोप कार्यकर्ता र ८ सय आठ स्वयम्सेवक अभियानमा खटिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित