सिन्धुपाल्चोकमा माघ २५ बाट एचपीभी खोप अभियान, कति किशोरीलाई लगाइन्छ खोप ?

सिन्धुपाल्चोकमा माघ २५ बाट एचपीभी खोप अभियान, कति किशोरीलाई लगाइन्छ खोप ?

फरक पत्रिका

सोमबार, माघ २० २०८२

सिन्धुपाल्चोकमा माघ २५ बाट एचपीभी खोप अभियान, कति किशोरीलाई लगाइन्छ खोप ?

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा करिब दुई हजार तीन सय १६ किशोरीलाई यस वर्षको एचपीभी खोप अभियानमा समेटिने भएको छ । माघ २५ बाट सुरु हुने यो अभियानमा विद्यालय र स्वास्थ्य संस्थामार्फत लक्षित किशोरीहरूलाई निःशुल्क खोप सेवा प्रदान गरिनेछ ।
अभियानअन्तर्गत कक्षा ६ मा अध्ययनरत किशोरीहरू, विद्यालय बाहिर रहेका १० वर्ष उमेर पुगेका किशोरीहरू तथा यसअघि खोप लगाउन छुटेका कक्षा ७ देखि १० मा अध्ययनरत ११–१४ वर्ष उमेर समूहका किशोरीहरूलाई खोप जिल्ला जनस्वास्थ्य कार्यालयकी प्रमुख दुर्गा बजगाईंले जानकारी दिइन् । उनकाअनुसार पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुन १ गतेसम्म जिल्लाभर एचपीभी खोप अभियान सञ्चालन गरिएको हो । जिल्ला खोप समन्वय समितिको निर्णयअनुसार सम्बन्धित विद्यालय, वडा तथा स्थानीय तहका स्वास्थ्य संस्थामार्फत खोप सेवा सञ्चालन गरिनेछ ।
लक्षित समूहका सबै किशोरीसम्म खोप सेवा पुग्ने गरी विद्यालय, स्वास्थ्य संस्था र स्थानीय तहबीच समन्वय गरिएको कार्यालयले जनाएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले खोपले एचपीभी खोपले किशोरीहरूको भविष्य सुरक्षित बनाउने दाबी गरे । लक्षित किशोरीहरूले खोप नछुटाउने गरी सबै अभिभावक, विद्यालय र समुदायले जिम्मेवारीपूर्वक साथ दिनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित