सिन्धुपाल्चोक । सिन्धुपाल्चोक पूर्ण खोप सुनिश्चित जिल्ला घोषित भएको छ । शुक्रबार जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।
बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सिन्धुपाल्चोक जिल्लालाई पूर्ण खोप सूनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र हस्तान्तरण गरे । प्रमाणपत्र हस्तान्तरण गर्दै सिन्धुपाल्चोक पूर्ण खोप सूनिश्चित जिल्ला घोषणा भएको हो । सदरमुकाम चौतारा साँगाचोकगढी नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।
जिल्लाको १२ वटै स्थानीय तह पूर्ण खोप सूनिश्चित यसअघि नै भइसकेका छन् । पूर्ण खोप सुनिश्चितता, यसको दिगोपन तथा जिल्लाको भूमिकाका बारेमा विस्तृत छलफल र प्रतिबद्धतापश्चात् सिन्धुपाल्चोकलाई पूर्ण खोप सूनिश्चित जिल्ला घोषणा गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख दुर्गा बजगाईले जानकारि दिइन् ।
जिल्लाका सरोकारवाला निकाय, स्वास्थ्यकर्मी, स्वयंसेविका, जनप्रतिनिधि तथा समुदायका सदस्यहरूको सक्रिय सहभागितामा जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको बजगाईंको भनाइ छ।
जिल्लाभित्र २३ महिनासम्मका सबै बालबालिकाले सबै प्रकारका खोप पूरा गरिसकेका र खोपको मात्रा पूरा हुने सूनिश्चिता अनुसार पूर्ण खोप घोषणा गरिएको हो । सिन्धुपाल्चोकलाई पूर्ण खोप तथा दिगोपना घोषणा गर्दै मन्त्री थापाले प्रदेश अस्पतालहरुको स्तरवृद्धि, जनशक्ति व्यवस्थापन र उपकरणहरुको व्यवस्थापन प्रदेश सरकारको प्रथमिकतामा रहेको बताए।
जिल्ला खोप समन्वय समितिको प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभाका सदस्यहरु युवराज दुलाल, सरल सहयात्री, माइली तामाङ, अमृता नेपाल, स्थानीय तहका प्रमुख(उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुखहरुको सहभागिता थियो ।