चौतारा । तेस्रो चौतारा स्पोर्टिङ्ग क्लव नगरस्तरीय अन्तर मा.वि. सेभेन ए साइड फुटबल प्रतियोगिता २०८१ हुने भएको छ ।
कक्षा १० सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउने प्रतियोगिता चौतारा स्पोर्टिङ्ग क्लबको आयोजनामा हुन लागेको हो ।
माघ १७ देखि चौतारा मिनि रङ्गशाला टुँडिखेलमा हुने प्रतियोगिता ३ दिनसम्म चल्नेछ । टिम दर्ता दुई हजार रूपैयाँ तोकिएको प्रतियोगिताका लागि माघ १५ सम्म दर्ता गर्न सकिने आयोजक स्पाेर्टिङ क्लबले जनाएको छ ।