दोस्रो संस्करणको प्रविण घले स्मृति कप पुस २४ बाट

दोस्रो संस्करणको प्रविण घले स्मृति कप पुस २४ बाट

फरक पत्रिका

शनिबार, पौस ६ २०८१

दोस्रो संस्करणको प्रविण घले स्मृति कप पुस २४ बाट

सिन्धुपाल्चोक । दोस्रो संस्करणको प्रविण घले स्मृति कप खुल्ला सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता हुने भएको छ । आगामी पुस २४ बाट चौताराको टुँडिखेलमा प्रतियोगिता आयोजना गरिन लागिएको हो ।

घले ल्होसारको अवसरमा लिल फङ (घले समाज) सिन्धुपाल्चोकको आयोजनामा हुने प्रतियोगिता माघ १ गतेसम्म सञ्चालन हुने छ ।

१६ टिम मात्रै सहभागी गराइने प्रतियोगिताको विजेताले नगद १ लाख ६० हजार पाउने छ भने उपविजेताले ८० हजार पाउने छ। प्रतियाेगिताकाे पुरस्कार राशि गत बर्षको तुलनामा करिब ९ हजार रुपैयाँले बढी हो।

यस्तै, प्रतियोगितामा टिम दर्ताको लागि पुष २० गते‍ अन्तिम मिती तोकिएको छ। टिम दर्ताको लागि ७ हजार ५०० रुपैया लाग्ने छ भने प्रतियोगिता अवधिभर सहभागि टिमका खेलाडीको बिमा पनि रहने आयोजकले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित