दीपेन्द्रको विष्फोटक ब्याटिङ, सूदुरपश्चिमले दियो विराटनगरलाई १८३ रनको लक्ष्य

दीपेन्द्रको विष्फोटक ब्याटिङ, सूदुरपश्चिमले दियो विराटनगरलाई १८३ रनको लक्ष्य

फरक पत्रिका

मंगलबार, मंसिर १८ २०८१

दीपेन्द्रको विष्फोटक ब्याटिङ, सूदुरपश्चिमले दियो विराटनगरलाई १८३ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्ससामू १८३ रनको लक्ष्य प्रस्तुत गरेको छ  ।

 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८२ रनको योगफल तयार पार्यो । सुदूरपश्चिमका लागि दीपेन्द्रले २४ बलमा पाँच छक्का र तीन चौकाको मद्दतले अविजित ५७ रन बनाए ।

 

विराटनगरका लागि अनिल खरेलले तीन थता क्रिस सोले, इस्मत अलाम र बसिर अहमदले समान एक विकेट लिए । दोस्रो ओभरको अन्तिम बलमा इस्मत आलमले ओपनर अमित श्रेष्ठलाई व्यक्तिगत एक रनमा मार्टिन गप्टिलबाट क्याच गराए ।

पाँचौं ओभरको चौथो बलमा अनिल खरेलले विराटनगरलाई दोस्रो सफलता दिलाए । २० बलमा चार चौकाको मद्दतले २३ रन बनाएर खेलिरहेका विनोद भण्डारी प्रतिश जिसीबाट क्याच हुँदै पेभेलियन फर्किए ।

छैटौं ओभरको चौथो बलमा बसिर अहमदले आरिफ शेखलाई व्यक्तिगत ९ रनमा निकोलस किर्टनबाट क्याच गराए ।

अनिलले ११ औं ओभरको तेस्रो बलमा सेफ जैबलाई बोल्ड गरे । उनी १५ बलमा एक छक्काको मद्दतले १४ रन बनाउँदै पेभेलियन फर्किए ।

अनिलले १३ औं ओभरको चौथो बलमा व्यक्तिगत तेस्रो विकेट लिए । उनले २६ बलमा समान दुई चौका र छक्काको मद्दतले ३६ रन बनाएर खेलिरहेका ब्रेन्डन म्याकमुलनलाई प्रतिशबाट क्याच गराउँदै पेभेलियनको बाटो देखाए । इशान पाण्डे १६औं ओभरको चौथौ बलमा तीन रन लिने धुनमा रनआउटको शिकार बने । उनले १६ बलको सामना गर्दै दुई चौका र एक छक्काको मद्दतले २१ रन बनाए ।

 

क्रिस सोलेले १९औं ओभरको तेस्रो स्कट कुग्गेलिजनलाई व्यक्तिगत १० रनमा किर्टनबाट क्याच गराए । उनले ६ बलमा दुई चौका प्रहार गरे ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित