एनपिएल : जनकपुरसँग सन्दीप लामिछानेको विराटनगरले हार्याे

एनपिएल : जनकपुरसँग सन्दीप लामिछानेको विराटनगरले हार्याे

फरक पत्रिका

शनिबार, मंसिर १५ २०८१

एनपिएल : जनकपुरसँग सन्दीप लामिछानेको विराटनगरले हार्याे

काठमाडौ । त्रिवि क्रिकेट स्टेडिएममा आजबाट सुरू भएको पहिलो संस्करणको नेपाल प्रिमियर लिगमा विराटनगर किंग्स पराजित भएको छ । उद्घाटन खेलमा लामिछानेको कप्तानीमा रहेको विराटनगर अनिल शाहीको कप्तानीमा रहेको जनकपुरसँग हारेको हो ।
जनकपुरका मार्की खेलाडी आशिफ शेख शून्य रनमै आउट हुँदा कप्तान अनिल शाह ५ रनमै पवेलियन फर्किए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सविरुद्ध आठ विकेटको जित निकाल्यो ।

 

विराटनगरले प्रस्तुत गरेको १२८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा विकेट दुई विकेट गुमाउँदै पूरा गर्यो ।

 

जनकपुरका लागि मिलन्थाले  ५३ बलमा  ९ चौका र  ३ छक्काको मद्दतले अविजित ७५ रन बनाए । यसैगरी हर्ष थाकर २९ रनमा अविजित रहे ।

 

तेस्रो विकेटका लागि मिलन्था र थाकरले अविजित ११६ रनको साझेदारी गरे । विराटनगरका लागि प्रतिस जिसी र क्रिस सोलले समान एक विकेट लिए ।

 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाउँदै १२७ रनको योगफल तयार पार्यो ।

 

विराटनगरका लागि गुप्टिलले ४३ बलमा सात चौका र एक छक्काको मद्दतले सर्वाधिक ५५ रनको योगदान गरे । यसैगरी अकिब इल्यासले १५ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

 

जनकपुरका लागि ललितनारायण राजवंशीले तीन, किशोर महतो र हर्ष थाकरले समान दुई तथा बेन माइक र मोहम्मद मोहसिनले समान एक विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित