चौतारा । १ लाख ५५ हजार ५ सय ५५ पुरस्कार राशीको चौथो संस्करण मालिकादेवी कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको फाइनलमा सुनकाेशी युवा क्लब र धार्पा क्लबबीच भिडन्त हुने भएको छ ।
शुक्रबार भएको पहिलो सेमिफाइनलमा राई एफसी र सुनकोशी बीबीच भएको खेल निर्धारित समयमा बराबरीमा राेकियो । ट्राइबेकरमा पुगेकाे खेलमा राई एफसीलाई ३-४ गाेलले हराउँदै सुनकाेशी उपाधि होडका लागि फाइनल प्रवेश गरेको हो ।
त्यस्तै दोस्रो सेमिफाइनलमा स्पोर्टिङ र धार्पाबीच भयाे । साे खेल पनि निर्धारित समयमा बराबरीमा राेकियो । ट्राइबेकरमा पुगेकाे खेलमा स्पोर्टिङलाई ३-४ गाेलले हराउँदै धार्पाले फाईनलकाे यात्रा तय गर्याे ।
बिहीबार भएको पहिलो क्वाटरफाइनलमा सुकुटे युवा चारण समाजलाई १–० गोलले पराजित गर्दै राई एफसी सेमिफाइनलमा प्रवेश गरेको थियो । यस्तै एफसीलाई पेनाल्टी सुटआउटमा हराउँदै सुनकोशी बी , पोखरे युवा समाजलाई ५–० गोलले हराउँदै चौतारा स्पोर्टिङ क्लब र रोयल फेमेलिलाई २–० ले पराजित गर्दै धार्पा एफसी सेमिफाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ५५ हजार ५ सय ५५ तथा उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् ।