साफ च्याम्पियनसिप : अब सेमिफाइनलमा नेपाल र भारत भिड्ने

साफ च्याम्पियनसिप : अब सेमिफाइनलमा नेपाल र भारत भिड्ने

फरक पत्रिका

बिहिबार, कार्तिक ८ २०८१

साफ च्याम्पियनसिप : अब सेमिफाइनलमा नेपाल र भारत भिड्ने

काठमाडौं। नेपाल सातौंपल्ट साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।श्रीलंकामाथि प्रभावशाली जित निकाल्दै नेपाल सेमिफाइनल प्रवेश गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा बिहीबार भएको समूह ‘बी’ को अन्तिम खेलमा श्रीलंकालाई नेपालले ६–० ले हरायो ।रेखा पौडेलले दुई गोल गरिन्। यस्तै, सविता रानामगर, सावित्रा भण्डारी र अमिषा कार्कीले समान एक गोल थपे।
योसँगै नेपाल सात अंकसहित समूह ‘बी’ को विजेता बनेको छ। समान अंक रहेपनि गोलअन्तरको आधारमा भुटान उपविजेता बन्यो। भुटानसँग गोलरहित बराबरी खेलको नेपालले माल्दिभ्सलाई ११–० ले पाखा लगाएको थियो। भुटानले सोही टोलीमाथि १३–० को जित निकालेको थियो।

नेपालले अन्तिम चारमा अर्को समूहको उपविजेता भारतसँग खेल्नेछ। भारतले पहिलो खेलमा पाकिस्तानलाई ५–२ ले हराएपनि बंगलादेशसँग ३–१ ले पराजित भएको थियो। यस्तै, नेपाल रहेको समूहको उपविजेता बनेको भुटानले भने बंगलादेशसँग खेल्नेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित