• ट्रेण्डिङ :

मालिकादेवी कप : सेमिफाइनल समीकरण पूरा

मालिकादेवी कप : सेमिफाइनल समीकरण पूरा

फरक पत्रिका

बिहिबार, कार्तिक ८ २०८१

मालिकादेवी कप : सेमिफाइनल समीकरण पूरा

चौतारा । १ लाख ५५ हजार ५ सय ५५ पुरस्कार राशीको चौथो संस्करण मालिकादेवी कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । शुक्रबार सेमिफाइनल खेल हुने भएको छ ।


पहिलो सेमिफाइनलमा राई एफसी र सुनकोशी बी दिउँसो २ बजे खेल्ने छन् भने दोस्रो सेमिफाइनलमा स्पोर्टिङ र धार्पाबीच ३ः३० बजे खेल हुनेछ ।

बिहीबार भएको पहिलो क्वाटरफाइनलमा सुकुटे युवा चारण समाजलाई १–० गोलले पराजित गर्दै राई एफसी सेमिफाइनलमा प्रवेश गरेको थियो । यस्तै एफसीलाई पेनाल्टी सुटआउटमा हराउँदै सुनकोशी बी , पोखरे युवा समाजलाई ५–० गोलले हराउँदै चौतारा स्पोर्टिङ क्लब र रोयल फेमेलिलाई २–० ले पराजित गर्दै धार्पा एफसी सेमिफाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ५५ हजार ५ सय ५५ तथा उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2024 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित