सिन्धुपाल्चोक । सिन्धुपाल्चोककाे सदरमुकाम चौतारामा रहेको चौतारा अस्पतालले मृगौलापीडित बिरामीका लागि डायालासिस सेवा सुरू गरेको छ । लामोसमयदेखि रिफर सेन्टरको रुपमा बदनाम कमाएको अस्पतालले हालका लागि निशुल्क रूपमा यो सेवा सुरू गरेको हो ।
आइतबार चौतारा अस्पताल सिन्धुपाल्चोकमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र न,२ का सांसद तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतबाट डायलाइसिस सेवाको शुभारम्भ गरिएको छ ।
याे सँगेे उपचारका लागि राजधानी काठमाडौंको मंहगो अस्पतालमा पुग्नुपर्ने बाध्यता भने हटेको छ । यसअघि यस अस्पताल सेवा क्षेत्रका बिरामी डायालासिसका लागि काठमाडौं जाने गर्दथे ।
अस्पतालमा हाल पाँच वटा डायलसिस गर्ने उपकरण रहेका छन् । एक पटकमा पाँच जना बिरामीलाई सो सेवा दिनको लागि एक जना डाक्टर र तीन जना तालिम प्राप्त नर्सले सेवा दिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रमणी भण्डारीले बताए ।
उनकाअनुसार एकजना मृगौला पिडीतले हप्तामा कम्तिमा २ पटक डायलासिस गर्नैपर्छ ।
पछिल्लो समय सिन्धुपाल्चोकको चौतारा अस्पतालले आफ्नो सेवालाई गुणस्तरीय बनाउदै लगेको छ ।