• ट्रेण्डिङ :

प्रथम हुनेलाई चौतारा नगरको उपेक्षा, द्धितीय र तृतीयलाई मात्र सम्मान

प्रथम हुनेलाई चौतारा नगरको उपेक्षा, द्धितीय र तृतीयलाई मात्र सम्मान

फरक पत्रिका

आइतबार, भाद्र ३० २०८१

प्रथम हुनेलाई चौतारा नगरको उपेक्षा, द्धितीय र तृतीयलाई मात्र सम्मान

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाले प्रथमलाई नराखी द्धितीय र तृतीयलाई मात्र उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रममा सम्पन्न गरेको छ । गत २२ गते विश्व साक्षरता दिवसको अवसरमा चौतारा साँगाचोकगढी नगरपालिकाले कक्षा ८, १० र १२ का उत्कृष्ट विद्यार्थी र शिक्षकहरूलाई प्रोत्साहन सम्मान तथा पुरस्कार समेत प्रदान गरेको गरेको थियो ।

उक्त सम्मान कार्यक्रममा कक्षा ८ को नगर स्तरीय परीक्षामा द्धितीय र तृतीयलाई मात्र सम्मान गरेको हो । कक्षा ८ को नगर स्तरीय परीक्षामा जुगल बोडिङ्ग हाइ स्कुलका आलोक राउत प्रथम भएका थिए । राउतले ३.८६ ग्रेड प्राप्त गरेर नगर प्रथम हुन सफल भएका हुन् । चौतारा साँगाचोकगढी नगरपालिकाका शिक्षा प्रमुख वसन्त राज जोशीले नगर प्रथम हुने विद्यार्थी निजी विद्यालयको विद्यार्थी भएको कारणले सम्मान नगरेको बताए। उनलेभने , “संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थी फरक फरक हुन्छन्, हाम्रो कार्यविधिमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मात्र सम्मान गरिने भनेर तोकिएको छ, त्यही भएर हामीले संस्थागत विद्यालयका विद्यार्थीलाई सम्मान नगरेको हो ।”

तर आफ्नो विद्यार्थीको उत्कृष्ट अंकलाई जुगलले भने सम्मान गरेकाे छ ।

जिल्लाका अन्य पालिकाले भने संस्थागत र सामुदायिक दुवै विद्यालयका विद्यार्थीहरूलाई सम्मान गरेको छ । चौतारा नगरले जुगलको विद्यार्थी आलोकलाई सम्मान नगरेता पनि सामुदायिक विद्यालयका विद्यालयका विद्यार्थी प्रथम बनाएर सम्मान गरेको छैन । जुगलका विद्यार्थी आलोकलाई सम्मान नगरेता पनि नगरपालिका स्वयमले नै नगरभित्रका सम्पूर्ण संस्थागत तथा सामुदायिक विद्यालयका परीक्षा केन्द्र तोक्ने, परीक्षा लिने, प्रश्न पत्र निर्माण गर्ने, उत्तर पुस्तिका जाँच गर्ने र नतिजा प्रकाशन गर्ने कार्य समेत चौतारा नगरले नै गरेको थियो ।

तर, नगरपालिकाले प्रथमलाई छाडेर अन्यलाई सम्मान गरेकोमा जुगल बाेर्डिङका प्रिन्सिपल ओमप्रकाश उप्रेतिले खासै प्रतिक्रिया भने दिएनन् । उनले नगरले परीक्षा लिएपछि उत्कृष्ट भएपछि सम्मानमा सहभागी गराउनु पर्ने भने तर्क राखे । उनले याे बिद्यार्थीकाे शैक्षिक भावनामाथि खेलबाड भएको भने बताए।  उनले नगरले नै परीक्षा लिएपछि समावेश गरिनुपर्ने बताए ।

“सामुदायिक बिद्यालयलाई मात्रै समावेश गरिएकाे भए प्रथम कुन ,विद्यालय भयाे, अनि कुन बिद्यार्थी हुनुभयाे” उनले प्रतिप्रश्न गरे । उनले कार्यक्रममा आफूलाई कुनै जानकारी नदिइएको प्रष्ट पारे ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2024 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित