प्रधानमन्त्री ओलीबाट हाइड्रोजन कारको शुभारम्भ

प्रधानमन्त्री ओलीबाट हाइड्रोजन कारको शुभारम्भ

फरक पत्रिका

शुक्रबार, भाद्र १४ २०८१

प्रधानमन्त्री ओलीबाट हाइड्रोजन कारको शुभारम्भ

धुलिखेल । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको  धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले नेपालमा पहिलो पटक ल्याइएको  ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको आज शुभारम्भ गरेका छन् ।

विश्वविद्यालयको २९औं दीक्षान्तअघि  सो `हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ भएको हो ।

कोरियामा बनेको हुण्डाइ कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी  नेपाल ल्याइएको हो ।

प्रधानमन्त्री ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै  हाइड्रोजनको प्रयोगबाट कार्बन उत्सर्जन कमी भइ प्रदूषण कम गर्न सहयोग हुने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित