एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ

एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ

फरक पत्रिका

मंगलबार, भाद्र ११ २०८१

एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-५ रतनकोटबाट एकनाले भरूवा बन्दुकसहित सोही ठाउँ बस्ने ५० वर्षीय बेम कङगेरा लामालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट सुनखानीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक बोकी हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित