बिसौनाडाँडा ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नग्पालिका वडा नं ७ सानोसिरुवारीमा आज धार्मिक रथयात्रा,भजनकिर्तन र पुजापाठ गरिएको छ । कृष्णजन्माष्टमीको अवसर पारेर स्वर्गीय निनुदेवी गौतमको स्मृतीमा उनका पति तथा समाजसेवी रेशम गौतम र उनका परिवारजनको आयोजनामा धार्मिक रथयात्रा,भजनकिर्तन र धिमेबाजागाजासहित पुुजापाठ गरिएको हो । आफ्नै निवासबाट कलसयात्रासहित सुरु भएको यात्रा सेतीदेवी पालेथुम्का पार्क डाँडामा निर्माण गरिएको कृणामन्दिरमा पुगेर पुजापाठ गरि मिष्ठान्न समेत प्रदान गरिएको थियो । पालेथुम्काको कृण मन्दिर स्व. निनुदेवी गौतमको स्मृतिमा निर्माण गरिएको थियो । यसवाहेक समाजसेवी गौतमले पत्नीको दुर्घटनास्थलमा मन्दिर,सिद्धीगगणेश माविमा सरस्वती मन्दिर, बिभिन्न ठाउँमा प्रतिक्षालय निर्माण गर्नुका साथै बृक्षारोपण तथा अन्य समाजिक कामहरु गरिसकेका छन् । सोमवारको धार्मिक यात्रा र पुजापाठमा सानोसिरुवारी र आसपासका धार्मिक अनुरागीहरु सहभागी भएका छोरा रविन गौतमले जनाए ।