सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाऊपालिका ५ थामे स्थित रहेको कोशीको बहाव अचानक बढेको छ । आज दिउसो २ बजे भोटेकोशीको बहाव बढेर थामे एरियामा रहेको ३ वटा घर बगाएको छ भने १ वटा होस्टेल र ४/५ वटा घर जोखिममा रहेको छ भने तत्काल मानविय क्षति नभएको बुझिन आएको छ । घटनाको जानकारी प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय थाम्बुचे र इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी टोली खटिएको छ ।