इन्द्रावतीको सरस्वतीका विद्यार्थीलाई शैक्षिक, स्वास्थ्यसहित खेलकुद सामग्री 

इन्द्रावतीको सरस्वतीका विद्यार्थीलाई शैक्षिक, स्वास्थ्यसहित खेलकुद सामग्री 

फरक पत्रिका

शुक्रबार, साउन ३२ २०८१

इन्द्रावतीको सरस्वतीका विद्यार्थीलाई शैक्षिक, स्वास्थ्यसहित खेलकुद सामग्री 

इन्द्रावती । इन्द्रावती गाउँपालिका को वडा १० मा रहेको श्री सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थी हरुलाई शैक्षिक सामाग्री झोला सहित स्वास्थ तथा खेलकुद सामाग्री वितरण गरिएको छ।

आज विद्यालयको प्राङ्गणमा कांग्रेस का युवा नेता पुर्व जिल्ला सचिब एवम् महाधिवेशन प्रतिनिधि बिल बहादुर तामाङले विद्यार्थी लाई शैक्षिक सामाग्री सहित झोला वितरण गरेका हुन् ।
किवानिस क्लब अफ सिन्धुपाल्चोक नेपाल ले आयोजना गरेको शैक्षिक तथा स्वास्थ सामाग्री वितरण कार्यक्रममा बोल्दै तामाङले
विद्यार्थी र विद्यालयको शैक्षिक स्थिति सुधार गर्न सधै लागि पर्ने बताए। साथै यो सहयोग ले विद्यार्थी हरुको अध्ययन मा थप उर्जा मिल्ने विश्वास व्यक्त गरे।तामाङले विद्यालयको भौतिक संरचना लगायत विद्यालयमा आउने समस्या लाई समाधान गर्न आफू सधै लागि पर्ने पनि बताए।

कार्यक्रम मा विद्यार्थी हरुले दैनिक रुपमा प्रयोग गर्ने साबुन ,ब्रस ,दन्तमन्जन सहित व्याडमिन्टन सेट पनि वितरण गरिएको थियो।

कार्यक्रममा इन्द्रावती -१० का वडाध्यक्ष रामचन्द्र घिमिरे वडा सदस्य हेमन तामाङ समाजसेवी गणेश भट्टराई लगायत को उपस्थिति रहेको थियो भने सरस्वती आधारभुत विद्यालयका प्रधानध्यापक पशुपति न्यौपाने ले स्वागत मन्तव्य राखेका थिए । विद्यालय व्यवस्थापन समिति का अध्यक्ष विजय तामाङ अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित