मंगलबार थप २ हजार ४४४ जनामा कोरोना संक्रमण

मंगलबार थप २ हजार ४४४ जनामा कोरोना संक्रमण

फरक पत्रिका

मंगलबार, पौस २७ २०७८

मंगलबार थप २ हजार ४४४ जनामा कोरोना संक्रमण

काठमाडौँ – मंगलबार थप २ हजार ४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६४८ जनाको पीसीआर र ४ हजार ३८५ जनाको एन्टिजेन परिक्षण गर्दा २ हजार ४४४ जनामा कोरोना देखिएको हो । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ५२२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३१३ जना निको पनि भएका छन् । हालसम्म देशमा कूल सङ्क्रमितमध्ये ८ लाख १४ हजार ७९८ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै आज थप १ जनाको मृत्यु भएको छ । हालसम्म देशमा ११ हजार ६०७ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित