लिभरपुल र टोटेनह्याम चौथो चरणमा प्रवेश

लिभरपुल र टोटेनह्याम चौथो चरणमा प्रवेश

फरक पत्रिका

सोमबार, पौस २६ २०७८

लिभरपुल र टोटेनह्याम चौथो चरणमा प्रवेश

इंग्लिस प्रिमियर लिग क्लब लिभरपुल र टोटेनह्याम एफए कपको चौथो चरणमा प्रवेश गर्न सफल भएका छन्। सुरुवातमा पछि परे पनि उक्त अवस्थालाई उल्टाउँदै दुवै टिमले आ-आफ्नो खेलमा सहज जित निकाल्दै अघिल्लो चरणमा उक्लिएका हुन्।

लिभरपुले श्रेयसवरिमाथि ४-१ को सहज जित निकाल्दा टोटेनह्यामले मोरेकाम्बेमाथि ३-१ को जित निकालेका थियो। खेलमा श्रेयसवरिले डेनियल उडोचको गोलमार्फत २७ औं मिनेटमा लिभरपुल विरुद्ध सरप्राइज अग्रता लिएको थियो। तर‚ सातपटकको च्याम्पियन लिभरपलले ३४ औं मिनेटमै काइदे गोर्डोनको गोलमार्फत खेललाई बराबरीमा ल्यायो।

पहिलो हाफमै अग्रता दिलाउने क्रममा लिभरपुलका लागि ब्राजिलियन मिडफिल्डर फाविनहोले ४४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए। उनले २०२० पछि एनफिल्डमा गोल सम्भव बनाए। फिरमिनोले ७८ औं मिनेटमा अग्रता ३-१ मा पुर्‍याउँदा चौथो गोल फाविनहोकै नाममा रह्यो। उनले अतिरिक्त समयको तेस्रो मिनेटमा टिमका लागि चौथो गोल गरेका थिए।

त्यस्तै‚ आइतबारनै भएको अर्को खेलमा टोटेनह्याम मोरेकाम्बविरुद्ध पहिलो हाफमा १-० ले पछि रहे पनि दोस्रो हाफमा नाटकीय पुनरागमन गर्दै सहज जित निकाल्यो। दोस्रो हाफमा टोटेनहयामले १४ मिनेटभित्र तीन गोल फर्कायो। ओकोनरको गोलमार्फत मोरेकाम्बेले सुरुवाती अग्रता लिएको थियो।

दोस्रो हाफको पनि अधिकांश समय खेलमा पछि परे पनि टोटेनह्यामले हेरि विन्कसको गोलमार्फत ७४ औं मिनेटमा बराबरी गोल फर्काएको थियो। लुका मौउराले ८५ औं मिनेटमा अग्रता दिलाए। टिमका लागि तेस्रो गोल हेरी केनले निर्धारित समय सकिन दुई मिनेट बाँकी हुँदा सम्भव बनाए।

त्यस्तै‚ आइतबारनै भएका अन्य खेलमा स्टोकले लेटोन ओरियन्टलाई २-० ले पराजित गर्दा वेस्टह्याम्ले लिड्सलाई २-० लेनै पाखा लगायो। त्यस्तै‚ वल्भसले सेफिल्डमाथि ३-० को एकतर्फी नतिजा निकाल्दै चौथो चरणमा स्थान बनाए।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित