सुकुटे रिभरफनले दुईसय बिरुवा रोप्यो

सुकुटे रिभरफनले दुईसय बिरुवा रोप्यो

फरक पत्रिका

बुधबार, साउन १६ २०८१

सुकुटे रिभरफनले दुईसय बिरुवा रोप्यो

सिन्धुपाल्चोक (सुकुटे)– जिल्ला बन कार्यालयको बन डिभिजन कार्यालय सुकुटेको सहयोगमा सुकुटे रिभरफन रिसोर्टले २०० बिरुवा रोपेको छ । सुकुटेको पुलबाटै सडकको दायाँ–बायाँ साइडको सार्वजानिक स्थानमा लहरै बिभिन्न प्रजातीका करिब २०० बिरुवा साउनको १४ र १५ गते रोपिएको हो ।

बन डिभिजन कार्यालयले बिरुवा उपलब्ध गराए पनि त्यसलाई ल्याउने, रोप्ने, बार्ने र मल जल गरि संरक्षण गर्ने काम सुकुटे रिभरफन रिसोर्टले गर्ने रिसोर्टका सञ्चालक तथा सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजका कोषाध्यक्ष बिमल गिरीले बताए । उनले भने ‘कल्की, धुपी, तेजपात, कपुर, बकमबेली लगायतका बिरुवाहरु लगाएका छौं । बिरुवा लाउनु सजिलो भए पनि त्यसको रेखदेख र मल–जल गर्न कठिन नै हुन्छ ।’

गिरीले थपे ‘यो वर्ष हामीले शुरुवात गरेका हौ, अब यसलाइ हरेक वर्ष निरन्तर रुपमा अगाडी बढाउने छौं ।’ उनले आफु र साथीहरुले गरेको योजना सुनाउदै भने, ‘सुकुटेका सबै रिसोर्टहरुले साथ सहयोग गरेमा हरियाली सुकुटे अभियान गर्ने र यहाँ आउने पाहुनाहरुलाई बार्है महिना प्रकृतिक सुन्दरताको अनुभव लिन सक्ने बनाउने यौजानमा छौं । यस्तो कामले पहिरो पनि राकिने र सुन्दरता पनि बढ्ने छ । ’

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित