मेलम्ची । पछिल्लो तीन दिनदेखिको वर्षाले मेलम्ची ११ स्थित ढुडेबेसीमा खेत कटान गर्ने र बत्तीको पोल ढाल्ने क्रम रोकिएको छैन । लगातारको वर्षापछिको खोलाले मेलम्ची नदीमा पानीकाे सतह बढेपछि खेत कटान गरेको हो ।
बाढीले खेत कटान गरेर बस्ती जोखिममा परेपनि सम्बन्धित निकायले कुनै चासाे नगरेकाे गुनासाे भने बढेकाे छ ।
स्थानीय कुमार भट्टराईले याे बारे फेसबुकमा लेखेका छन्
“निरन्तर ३ दिन देखि खसाली रहयो,हाइड्रोकाे मान्छे आए टावरकाे तार फुकाले तर त्यही टावर भएको जग्गा र आसपासको बस्ती जोगाउन न हाइड्रो लाग्यो न मेलम्ची ११ स्थित ढुडेबेसीमा राज्यको कुनै निकाय संघ, प्रदेश र स्थानीय निकायको उपस्थिति नै देखियो? कुनै ठोस पहल कदमी भएको देखिएन? विपद् व्यवस्थापन भनेको के रैछ ? हेर्ने, फर्कने मात्र हो कि समाधानको लागि ठोस पहल पनि हो ?१०० रोपनी जग्गा र बस्ती पुरै जोखिममा छ । राज्य लाग्यो भने त्यो जोगाउन सकिन्छ कि?
समाधानको उपाय:-
मेलम्ची १० सहरे खोला साइडबाट खोलामा जमेको ढुङ्गा खोल्ने हो भने खोलाले धार परवर्तन गरी कटान रोक्थ्योकी?”
उनले बस्ती जाेगाउन हाईड्राे र स्थानीय तहले वेवास्ता नगरेको गुनासाे गरेका छन् । उनले प्रश्न गरेका छन् “कुनै ठोस पहल कदमी भएको देखिएन? विपद् व्यवस्थापन भनेको के रैछ ? हेर्ने, फर्कने मात्र हो कि समाधानको लागि ठोस पहल पनि हो ?१०० रोपनी जग्गा र बस्ती पुरै जोखिममा छ ।”
याे समस्याबारे उनले समस्याको समाधानबारे पनि सुझाएका छन् ।