• ट्रेण्डिङ :

भोटेकोसीमा खसेको बोलेरो निकालियो, चालकसहित दुई बेपत्ता

भोटेकोसीमा खसेको बोलेरो निकालियो, चालकसहित दुई बेपत्ता

फरक पत्रिका

शुक्रबार, भाद्र २८ २०८१

भोटेकोसीमा खसेको बोलेरो निकालियो, चालकसहित दुई बेपत्ता

सिन्धुपाल्चोक । बाह्रबिसे -तातोपानी सडक खण्डको छ्याक्सा नजिकै भोटेकोसी नदीमा खसेको बोलेरो निकालिएको छ । नदीमा खसेको ७ घण्टापछि  क्षतिग्रस्त अवस्थामा बोलेरो  निकालिएको हो ।
बाेलेराे निकालिए पनि गाडी भित्र काेही पनि नभेटिएको प्रहरीले जनाएको छ । स्थानीयले गाडीका चालक र उक्त गाडीमाएक महिला सवार भएको बताएका छन् । उनीहरू बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार क्षतिग्रस्त बा २० च २१८५ नं. को बोलेराेका चालक भोटेकोशी गाउँपालिका-५ बस्ने अन्दाजी ३८ वर्षीय सानु शेर्पा हुन् । उनीसहित बोलेरोमा बाहृबिसे नगरपालिका-९ बस्ने ३५ वर्षीया सुन्तली तामाङ सवार थिइन् । दुवै फोन सम्पर्कमा नआएको भनी आफन्त मार्फत् जानकारी पाइएको डीएसपी निरञ्जन भट्टराईले बताए ।

‘स्थानीय र आफन्तसँगको सोधपुछपछि दुवै बोलेरोमा सवार भएको खुलेको छ, तर नदीमा बोलेरो मात्रै फेला परेकाले अन्य विवरण खुल्न सकेको छैन, दुवै नदीमा बगेर बेपत्ता भएको देखिन्छ,’ डीएसपी भट्टराईले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2024 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित