काठमाडौं । नेपालको प्रमुख पर्यटकीय जिल्ला सिन्धुपाल्चोकलाई अन्तराष्टिय स्तरमा चिनाउन ए डिभिजन क्लबका खेलाडीको जर्सीमा भिजिट सिन्धुपाल्चोक लेखिएको छ । काठमाडौंमा जारी यू–१८ ए डिभिजन लिग फुटबल प्रतियोगितामा फुटबल क्लब खुमलटारको जसीमा जिल्ला प्रवद्र्धनका लागि भिजिट सिन्धुपाल्चोक लेखिएको हो ।
खुमलटारका खेलाडीले लगाउने जर्सीको पछाडी खेलाडीको नाम र जर्सी नम्बर रहेको छ भने अघिल्लो भागमा भिजिट सिन्धुपाल्चोक लेखिएको छ । निलो रंगको जर्सीमा यी सबै नाम र खेलाडी नम्बर सेतो रंगले लेखिएको हो ।
खेलकुदको फुटबलमार्फत सिन्धुपाल्चोक र जिल्लाका खेलाडीलाई चिनाउन भिजिट सिन्धुपाल्चोक लेखिएको हो । सिन्धुपाल्चोक फुटबल क्लबले ए डिभिजन क्लब खुमलटारसँग समन्वय गरी यो सम्भव भएको थियो । सिन्धुपाल्चोकलाई चिनाउन र घुम्न आउने सन्देश प्रवाह गर्न जर्सीमा भिजिट सिन्धुपाल्चोक लेखिएको सिन्धुपाल्चोक फुटबल क्लबले जनाएको छ ।
खुमलटारबाट सिन्धुपाल्चोकका खेलाडीहरुले पनि प्रतिनिधित्व गरेका छन् । यो क्लबमा सिन्धुपाल्चोक लिग बिजेता चौतारा स्पोर्टिङ क्लबका पनि ५ खेलाडी खेलिरहेका छन् । जंगे रायमाझी, सागर तामाङ, विवेक बगदास, डेभिड तामाङ र विवेक श्रेष्ठ खुमलटारमा आवद्ध छन् ।
यो क्लबका सुरेश माझी भने चर्च ब्वाइज युनाइटेडबाट लिग खेलिरहेका छन् ।