नोबेल मेडिकल कलेजमा सुरक्षा गार्ड र विद्यार्थीबीच झडप

नोबेल मेडिकल कलेजमा सुरक्षा गार्ड र विद्यार्थीबीच झडप

फरक पत्रिका

आइतबार, पौस २५ २०७८

नोबेल मेडिकल कलेजमा सुरक्षा गार्ड र विद्यार्थीबीच झडप

काठमाडौँ – एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको विरोधमा आन्दोलनरत विद्यार्थी र सुरक्षा गार्डबीच आइतबार नोबेल मेडिकल कलेजमा झडप भएको छ । झडपका क्रममा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूका केन्द्रीय सचिव किसन भगतसहित केही विद्यार्थी घाइते भएका छन् । भगतको टाउकोमा चोट लागेको छ ।

सो क्रममा विद्यार्थीले कलेजमा तोडफोड गरेका छन् । रिले अनसनका लागि पुगेका विद्यार्थीहरुलाई नोबेल प्रशासनले रोकेपछि विद्यार्थीहरुले तोडफोड गरेका हुन् । नोबेलका सुरक्षा गार्डले लाठी प्रहार गरेपछि आक्रोशित भिडले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताए ।

कर्मचारीहरूसँग विद्यार्थी नेताहरूले वार्ता गरेर अनशन बस्‍न लागेको बेला भाटा लिएर तयारी अवस्थामा बसेका सुरक्षा गार्डले विद्यार्थीहरुमाथि खनिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित