सूचारू भयो साँखु-मेलम्ची सडकखण्ड

सूचारू भयो साँखु-मेलम्ची सडकखण्ड

फरक पत्रिका

शुक्रबार, असार २९ २०८१

सूचारू भयो साँखु-मेलम्ची सडकखण्ड

काठमाडौँ । काठमाडौँ जिल्लाको शंखरापुर नगरपालिका–१ चापाकोटस्थित साँखु मेलम्ची सडकखण्डको छाप भन्ज्याङ्गमा असार २८ गते बिहान अविरल बर्षाको कारण पहिरो गई अवरुद्ध भएको सडक खुलाईएको छ । सुरक्षा बेश लप्सिफेदीबाट खटिएको सशस्त्र प्रहरीले पहिरो हटाई सडक सुचारु गरेको हो ।

यसैगरी तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिका–१ ठुलोढुङ्गास्थित पृथ्वीराजमार्गमा र भानु नगरपालिका–३ चाम्बासस्थित डुम्रे बेशिसहर सडकखण्डमा असार २८ गते विहान आएको अविरल बर्षाको कारण माथिबाट पहिरो गई पूर्ण रुपमा अवरुद्ध भएको सडक नं. २३ गणको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले पहिरो हटाई सडक सुचारु गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित