बार्सिलोना ग्रानाडासँग रोकियो

बार्सिलोना ग्रानाडासँग रोकियो

फरक पत्रिका

आइतबार, पौस २५ २०७८

बार्सिलोना ग्रानाडासँग रोकियो

काठमाडौं  : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना ग्रानाडासँग रोकिएको छ। पछिल्लो समय आफ्नो फर्म सुधारको प्रयासमा रहेको बार्सिलोना सिजनको आठौं बराबरीको सिकार भयो। उसले ग्रानाडासँग १-१ को बराबरी खेल्दै शीर्ष तीनमा पुग्ने अवसर गुमाएको थियो।

शनिबार शीर्ष तीनमा पुग्ने मौकामा रहेको बार्सिलोना अन्तिम समयमा समालिन नसक्दा अंक बाँड्न बाध्य भएको थियो। डेनी अलभेस २०१६ पछि लालिगमा फर्किएको खेलमा बार्सिलोनाले उनकै असिस्ट डे जोङको गोलमार्फत खेलमा अग्रता बनाएको थियो।

पहिलो हाफ बराबरीमा सकिएको खेलमा बार्सिलोनाले ५७ औ मिनेटमा डे जोङको गोलमा अग्रता लिएको थियो। तर एन्टोनीयो पुर्टसले ८९ औ मिनेटमा टप कर्नरबाट सानदार गोल गर्दै बार्सिलोनाको संभावित तीन अंक खोस्दै एक अंकमा सिमित गरिदिए।

बार्सिलोना खेलको ७९ औ मिनेटमा १० खेलाडीमा सिमित भएको थियो। पाइज गाभिरा दोहोरो पंहेलो कार्डका कारण मैदानबाट बाहिरिएका थिए। डे जोङले पहिलो हाफमानै गोलको खडेरी तोडेका थिए। तर भिडियो असिस्टेन्ट रेफ्रिले उनको गोललाई अफसाइड दिएपछि  सम्भावित अग्रताबाट बार्सिलोना पहिलो हाफमा विमुख भयो।

बार्सिलोनाले अब बुधबार रियल म्यड्रिडसँग स्पेनिस सुपर कपको सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै छ। ग्रानाडा भने ला लिगाको क्लब इतिहासमै लगातार ७ खेलमा अपराजित छ।

बराबरी पछि बार्सिलोनाले २० खेलबाट ३२ अंक बनाएको छ। एट्लेटिको म्याड्रिड र रियल सोसिडाड समान अंक भएपनि बार्सिलोना छैटौं स्थानमा रहेको छ। रियल बेटिस ३३ अंकका साथ तेस्रो स्थानमा छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित