चौतारा ।
शहरी बिकास मन्त्रालयले जिल्लामा गरिवीको पहिचान गरी ३० ओटा घर निर्माण गरिदिने भएको छ । आर्थिक अवस्था कमजोर भइ घर निर्माण गर्न नसक्ने अवस्था स्थानीय नागरिक पहिचान गरी चारै प्रदेशमा घर बनाइदिन लागेको हो । यस अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा क र ख मा सात/सात ओटा, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ प्रदेश क मा ११ ओटा र प्रदेशसभा ख मा ५ ओटा घर बनाईदिने तयारी शहरी बिकास मन्त्रालयको तयारी छ । सम्वन्धित प्रदेशका साँसद घर छनौट समितिको अध्यक्ष रहने र आवश्यक सम्न्वय गर्ने माओवादी प्रदेश साँसद सरल सशयात्री पौडेलले जानकारी दिनुभयो । यसबारे आईतवार जिल्ला समन्वय समितिमा साँसदहरु अमृता नेपाल,सरल सहयात्री पौडेल, जिल्ला समन्वय प्रमुख बालकृण श्रेष्ठ,नापी कार्यालय प्रमुख गोपाल नारायण भुजेललगायत टोलीले छलफल समेत गरेका छन् ।