काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका ७७ वटै जिल्लाका अधिवेशन शुक्रबार एकै दिन सुरु हुँदै छ। केही दिनअघि बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पुस २३ गतेका लागि जिल्ला अधिवेशनको मिति तोकेको थियो।
भोलिदेखि सुरु हुने अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले एकैसाथ ‘भर्चुअल’ माध्यमबाट उद्घाटन गर्ने भएका छन्। एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले शुक्रबार बिहान ११ बजे अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन गर्ने तय भएको जानकारी दिए। ओलीले अधिवेशन उद्घाटनसँगै सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ।