सिन्धुुपाल्चोक । हेलम्बुु गाँउपालिका ४ ग्याथुुमस्थित सरस्वती माध्यमिक विद्यालय भवन जोगाउन चन्द संकलन गरेर तटबन्ध निर्माण भइरहेको छ ।
गत वर्षको बाढीले विद्यालयको शौचालय र एक भवन बगाएको थियो । एक वर्षवित्दा पनि विद्यालय संरक्षणका लागि कुुनै पनि काम नभएपछि भुुपुु विद्यार्थीहरुले चन्दा संकलन गरेर प्लाम ढलान निर्माण कार्य थालेका हुुन् ।
भुपु विद्यार्थी उपभोक्ता समिति निर्माण गरी १८ लाख सहयोग जुटाएर ५ मिटर उचाई र २० मिटार लम्बाइको प्लाम ढलान बनाइएको हो । विद्यालय जोगाउ अभियानमा सहयोगदाताले मन खोलेर सहयोग गर्दै गरेको समितिका संयोजक आशाराम तामाङले बताए ।
रोजगारी, पेसा, व्यवसाय र अध्ययनका लागि विदेश र स्वदेशका विभिन्न ठाउँमा पुगेका पुुर्व विद्यार्थीहरुले आफ्नो गाउँको शिक्षा क्षेत्रको विकासका लागि सहयोग भित्र्याउँदै आएको समितिका गोसर कार्कीले बताए । जति काम भएको छ जोखिम रोक्न यति काम पर्याप्त नभएको अझ उनीहरुका लागि आर्थिक सहयोगको आवश्यकता रहेको उनले बताए ।